दफा ३५५
फलोपभोगीले आफ्नै सम्पत्ति सरह प्रयोग गर्न पाउने

(१) कसैले आफ्नो सम्पत्ति कसैलाई फलोपभोग गर्न दिएकोमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने फलोपभोगीले त्यस्तो सम्पत्ति, त्यसबाट प्राप्त वा आर्जन हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा र त्यसबाट बढे बढाएको प्रतिफल, लाभ, आम्दानी वा सुविधा आफ्नो सम्पत्ति सरह प्रयोग गर्न पाउनेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्ति प्राप्त गर्ने एकभन्दा बढी फलोपभोगी भएकोमा प्रत्येक फलोपभोगीले सामूहिक रूपमा वा एक्ला एक्लै त्यस्तो सम्पत्ति प्रयोग गर्न पाउनेछन्।
(३) फलोपभोगको व्यवस्था अन्तर्गत प्राप्त भएको सम्पत्ति अंशबण्डा भएकोमा अंशबण्डा बमोजिम फलोपभोग गर्न पाउने प्रत्येक अंशियारले उपदफा (१) बमोजिम सम्पत्ति प्रयोग गर्न पाउनेछन्। (४) फलोपभोगीले फलोपभोगको व्यवस्था अन्तर्गत प्राप्त भएको सम्पत्तिको संरक्षण वा भोगचलनको लागि आवश्यकतानुसार अदालतमा नालिस दिन सक्नेछ ।